२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:४० अपराह्न
कला/संस्कृति

भूपी शेरचनबारे छोरीको संस्मरण बजारमा

पुस्तक

नेपाली कविताका ‘शिखरपुरुष’ भूपी शेरचनबारेको संस्मरण ‘भूपी: छोरीको स्मृतिमा’ बजारमा ल्याइएको छ। भूपीकी कान्छी छोरी कविता शेरचनले सो पुस्तक लेखेकी हुन्। यो पुस्तक ‘भूपी: अ डटर्स मेम्वाएर’ को नेपाली अनुवाद हो।

आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन्। कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो। कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रबाफिलो जीवनशैली अपनाए। यही विरोधाभासका कारण उनी सिर्जनाभन्दा बढी किस्साहरूमा बाँच्नुपर्‍यो।

लेखक कवितामा भन्छिन्, ‘कवि भूपी शेरचनबारे मैले अनेकौं किस्सा सुनेकी छु। केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्सालाई मैले पुस्तकमार्फत रहस्योद्घाटन गर्ने प्रयास गरेकी छु।’

उनी थप्छिन्, ‘सम्पन्न परिवारमा जन्मिएर पनि बुबाले किन साम्यवादी दर्शन अँगाल्नुभयो? सर्वहारा कवि कालान्तरमा कसरी राजावादी बन्न पुग्नुभयोद्धा जगाउने प्रयासस्वरूप शृंखलाबद्ध रूपमा आफूहरूले ती व्यक्तित्वबारे संस्मरण एवम् जीवनी प्रकाशन गर्दै आएको प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नीरज भारीले बताए। ‘त्यही शृंखलाअन्तर्गत हामीले ‘भूपी: छोरीको स्मृतिमा’ प्रकाशन गरेका हौं। यसअघि हामीले गोविन्द गिरी ‘प्रेरणा’ ले लेखेको पारिजातको जीवनी ‘सुश्री पारिजात’ र लक्ष्मीप्रसाद देवकोटाबारे छोरा पद्म देवकोटाले लेखेको संस्मरण ‘सम्झनामा बुबा लक्ष्मीप्रसाद देवकोटा’ प्रकाशन गरेका छौं।’

कविताले बुवा भूपीसँगको भावनात्मक सम्बन्ध, उनीबारे चलेका हल्ला र व्यक्तित्व निर्माणका कारक केलाएकी छन्। उनले धनाढ्य पिताका सर्वहारादेखि समाजवादी कवि भूपी शेरचनसम्मको यात्रा पनि वर्णन गरेकी छन्।

यो किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरंग चित्रमाथि प्रकाश पार्ने फाइन प्रिन्टले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८१ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App