२० चैत्र २०८१ बुधबार
image/svg+xml १८:३८ अपराह्न
कला/संस्कृति

‘विश्व कविता दिवस’मा कविताको सामर्थ्य र उपयोगिता विषयक गोष्ठी

‘विश्व कविता दिवस’काे अवसरमा कविताको सामर्थ्य र उपयोगिताबारे विचार गोष्ठी भएको छ।

थानसिंह बगैंचा, नुवाकोटमा सम्पन्न उक्त गोष्ठीमा निबन्धकार तथा नियात्राकार श्रीओम श्रेष्ठले मानव मानवका बिचमा हुने विभेदलाई समाप्त पार्ने शक्ति कवितामा मात्रै हुने बताए।

 गोष्ठीमा अनुवादक एवं साहित्यकार श्याम प्रधानले विश्वमा बढ्दै गएको द्वन्द्व र अशान्ति अन्त्य गर्न कविता सजिलो माध्यम भएको बताए।

उक्त गोष्ठीमा कवि एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राश्याम लेकालीले मानव समाज उन्नत गराउन कविताको ठूलो योगदान रहेको जिकिर गरे।

यस्तै कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार जयदेव भट्टराईले कविता मानिस मानिसका लागि हुनुपर्ने बताए।

यस्तै गोष्ठीमा कवि एवं वासु शशी स्मृति परिषद्का सचिव प्रधुम्न जोशीले कविता र मान्छेलाई छुट्याउन नसकिने बताए।

यसैगरी कवि एवं पत्रकार ठाकुर  बेलवासेले समाजलाई सकरात्मक चेतना कविताले मात्रै  दिने बताए।

उक्त गोष्ठीमा श्रीओम श्रेष्ठ, राधेश्याम लेकाली, जयदेव भट्टराई, श्याम प्रधान र ठाकुर बेलवासे लगायतले कविता पनि वाचन गरेका थिए।

प्रकाशित: ९ चैत्र २०८१ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App