२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:५८ अपराह्न
कला/संस्कृति

विहारीकृष्ण: देश बुझेका अध्येता

व्यक्तित्व

राष्ट्रिय दैनिक नागरिकमा विहारीकृष्णजीको रंगिन चित्रसहित खबर छापिएको थियो। अच्युत कोइरालाजीको प्रस्तुति। कौतूहल मनस्थितिले समाचार पढेँ। पढ्दापढ्दै थाहा पाएँ– निधन भए विहारीजी ! छोराबुहारी दुवैले एकस्वरमा सोधे– ‘बाले एक दुःखद समाचार थाहा पाउनुभयो विहारीको निधन भएको?’

२०२८ सालको मदन पुरस्कार। कर्णाली लोक संस्कृति अध्ययन मण्डल। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिस्थान, सत्यमोहन जोशीको नेतृत्व। भूगोलमा स्थिर जङ्गबहादुर सिंह, भाषा–संस्कृतिमा चूडामणि बन्धु, लोक नृत्यमा प्रदीप रिमाल। समाजशास्त्रीय पृष्ठभूमिमा संस्कृति अध्ययन गरिन्थ्यो। समाजशास्त्रीय अध्ययन विषयमा मित्रवर विहारीकृष्ण श्रेष्ठ। यस चिन्तनका बुद्धिविलासी योजनाकार सत्यमोहन जोशी। बखुंवहाल पाटनबाट राजकीय प्रज्ञा प्रतिस्थान पुग्न बागबजार चौबाटो लाग्नुपथ्र्यो। जहाँ बिहारीजीको डेरा थियो।

गृह–पञ्चायत मन्त्रालय विकेन्द्रीकरण शाखाको शाखा अधिकृतमा म। योजना शाखाको शाखा अधिकृतमा उहाँ। २०२२ साल पुस २२ गते तत्कालीन राजा महेन्द्रद्वारा विकेन्द्रीकरण योजना लागु गर्ने घोषणा भयो। राजाबाट अध्यादेश लागु भयो। राष्ट्रिय पञ्चायत, तत्कालीन सदन। तत्काल राष्ट्रिय पञ्चायत चालु थिएन। अधिवेशन आह्वान भएपछि अनुमोदन भयो।

पञ्चायत व्यवस्थाअघिसम्म पनि मुलुक ३२ गढी, गौडा, गोश्वारा र काठमाडौं, ललितपुर, भक्तपुर तीन जिल्ला गरी ३५ प्रशासकीय जिल्लामा विभाजित थियो। शासन सञ्चालन पद्धतिको अन्तरमर्म सबै हामीलाई थाहा हुने भएन। गाइँगुइँ भने सुनिन्थ्यो। गाइँगुइँ गाइँगुइँ फोकटिया हल्ला मात्र। गाइँगुइँको तुक हुँदैन। बकम्फुसे पजनीचर्या।

विकेन्द्रीकरणको तुकबन्दी गर्दागर्दै अल्लारिएँ आफैं। हतासिएँ आफैं। क्षमस्वमाम ! परमेश्वर– परम् जोड ईश्वर। संस्कृतमा परम् जोड ईश्वर सन्धि भएर परमेश्वर बन्छ। स्नातक तहसम्म संस्कृत अध्ययन गरेकाले संस्कृत मोहले मोहित म। अद्यापि उस्तै ! नेवार भएर यस्तो संस्कृत शब्द प्रयोग ! बुझ्नै कठिन ! नेपाल–रसिया साहित्य समाजको अध्यक्ष हुँदा श्रोता स्वर गम्किन्थ्यो।

 अमेरिकीले विश्वविद्यालयको रसियन लिटरेचर विषयको ग्रन्थ आफूसित भएकाले रसियन कवि, नाटककार, उपन्यासकार, संगीतकारका इतिवृत्तिसम्बन्धी रचना गर्न पृष्ठपोषण हुन्थ्यो। कारण र कारक तत्त्व जुर्दा जे पनि बन्दो रहेछ साकार। धन्य परमात्मा ! वयोवृद्ध तन, तन्नेरी मनमस्तिस्क। मन मस्तिष्क स्वस्थ भए तन स्वस्थ हुँदोरहेछ। कमाएको कमायै छु हजुरहरूको शुभेच्छा, आशीर्वाद, जिन्दावाद सदाबहार !

विहारीकृष्ण श्रेष्ठ पनि ग्वंगःवंशवृक्षका एक हाँगो। विहारीकृष्ण श्रेष्ठ बनाम ग्वंगः, तत्त्वकृष्ण श्रेष्ठ। योगेन्द्रमान श्रेष्ठ वँटु गुच्चा टोलका। तत्काल सहायक पञ्चायत तालिम अधिकृत राजपत्र अनंकित प्रथम श्रेणी। अरूभन्दा विहारीकृष्ण हक्की, आँटिलो, निर्धक्क, साहसिलो। निडर मनस्थितिको। अमभर्दो स्वभावले मानिसलाई कुनै हदसम्म सफलताको सिँढी उकाल्दो रहेछ। अच्युत कोइरालाजीले ‘विहारीकृष्ण: देश बुझेका दुर्लभ अध्येता’ मूल्याङ्कन अनुपयुक्त ठान्दिनँ। अच्युत कोइराला महोदयलाई भेट्ने ढुकढुकी छ तर चिनापर्ची छैन, के गरूँ।

तत्कालीन राजा वीरेन्द्रको शासनकालमा दरबारमा जाँचबुझ केन्द्र छुट्टै निकाय स्थापना गरिएको थियो। त्यसले देशको भौगोलिक, सामाजिक, पर्यावरणीय, आर्थिक, प्राकृतिक, प्रशासनिक स्थिति अध्ययन–अवलोकन गर्ने काम गर्नुपथ्र्यो। गरिने प्रावधान थियो, गरिन्थ्यो। अनुभूति ओकल्नु मानवीय धर्म ठानेँ। आत्मअनुभूति आदानप्रदान लोककल्याणकारी पद्धति। यस पद्धतिले निर्बन्ध निबन्धकारी खेमा अँगाल्छ। हाम्रो वाङ्मय जगतभरि।

दाहसंस्कार यावत् हिन्दु जगत्को पद्धति साझा। मातृभूमि जहाँतहाँ आमूल गाउँठाउँभर नदीकिनार चिता बनाएर दहन हुन्छ। चाहे अमेरिका, बेलायत, अरब, अफ्रिका, दक्षिण अमेरिका, ब्राजिल यावत् भूभागमा व्यापक उस्तै। बाँचुन्जेलको सार्थक जीवन, मृत्युपछि शव ! शिव कल्याणकारी जीवन। शव निरर्थक, निश्चल, निष्काम, स्थुल मांसपिण्ड।

सडेगले छि दुर्गन्ध ! परिवार, समाज, छरछिमेकलाई पीडापुञ्ज। कत्रो अन्तर कहनु न सहनु ! हे भगवान् ! भगसहित पुरुष भगवान् ! भगसहितका नारी सबै माता भगवती। अध्यात्म मन्त्रगोपनीयतन्त्र ! न्यास, ध्यान, जप, तप, विधि, यन्त्र, सार संक्षेपमा मात्र विहारीकृष्ण ग्वंगः बनामश्रेष्ठको कामना। यो शुभम् भवतु कल्याणम्। आयुरारोग्यश्रीवर्धनम्।

‘कर्मण्येवाधिकारस्ते मा फलेसु कदाचन।

मा कर्मफलहेतुर्भूर्मा सङ्गोऽस्त्वकर्मणि’

अर्थ विन्यास: काम–कर्तव्य पालन, इमान–धर्म स्थान गर्नु अधिकार काम गर्नेको। त्यसको फलको होइन। अतः नतिजा (लाभ) को अपेच्छा होइन। कार्यरत रहन नहिचकिचाउनु।  

सिंहदरबारको कार्यकक्षमा बस्थ्यौं आम्नेसाम्ने। श्रीमद्भागवत गीताका श्लोक वाचन गर्नुहुन्थ्यो। उच्छवासको एक स्वउत्सुक उच्छवास त्यो। सोउत्सुक उच्छवास दीर्घ असन्तोषबाट निस्कदो श्वासप्रश्वास। तात्पर्य थियो– सरकारबाट कदर नभएको ! कालान्तरमा नारायणहिटी राजदरबारको एक पन्थ जाँचबुझ केन्द्र।

दक्षिणी ढोकाबाहिरपट्टि रहेको एकतले भवनमा। कहिलेकाहीं आक्कलझुक्कल राजा वीरेन्द्र पनि आउँथे। झझल्को आउँछ अझै। विहारीकृष्ण श्रेष्ठजी राजाका प्रमुख स्वकीय सचिव श्रीनारायणप्रसाद श्रेष्ठसित नजिकिनुभयो। दुवैको तालमेल, सुर एक तारमा झङ्क्रित भएपछि मनसा, उत्सुकता, ध्याउन्न पूरा हुन के बेर। राजा वीरेन्द्रबाट सहसचिवमा बढुवा भए। तीनचार वर्षभित्र अतिरिक्त सचिव।

संसदीय प्रजातन्त्र पुनर्बहाली। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री। उहाँकै अध्यक्षतामा प्रशासन सुधार आयोग गठन, उच्चस्तरीय आयोग। आयोगमा अनुभवी निरन्तर तत्कालीन प्रशासन, अर्थ, कानुनविद्जस्ता व्यक्तित्व विशेष सदस्य महानुभावहरू। पूर्वसचिव, मुख्य सचिव, ने.रा. बैंकका गभर्नर, राजदूत, अन्तर्राष्ट्रिय कूटनीतिक अनुभूतिपुञ्ज कुलशेखर शर्मा उपाध्यक्ष, डा. द्वारिकानाथ ढुङ्गेल सचिव।

त्यसताका कर्णाली भेरी एकीकृत ग्रामीण विकास परियोजना (केबर्ड) को संयोजकमा म। द्वारिकानाथजीले उपाध्यक्ष कुलशेखर शर्मा सुर्खेत पाल्नुहुने, तपाईंलाई भेट्छु भन्नुहुन्छ। सत्कार गर्न माहिर। पक्कै चुक्न नहुने मेरो दृढ धारणा। केही समयपछि मन्त्रालय आउँदा भेट्न जाँदा सुर्खेत आउँछु भनेको यस्तै अलमल हेर्नुस् न। उद्गार सुनेँ शर्माज्यूबाट।

२०२२ पुस २२ गते राजा महेन्द्रले लागु गरेका विकेन्द्रीकरण योजनाको आरम्भदेखि अधिकृत कर्मचारी। नितान्त भरलाग्दो विश्वास गर्नुहुन्थ्यो। निजामती सेवाका अधिकृत कर्मचारीको आदर्श कानुन, नियम, नीति, निर्देशन पालन। निर्देशनलाई सुदृढ बनाउन कर्मनिष्ठ। कुनै तन्त्र, निजामती सेवा, कर्मठ कर्मचारीको धर्म सदाबहार रहनु। अठोट अन्तर्मनको आफैं।

विहारीकृष्ण श्रेष्ठ बनामग्वंगः र तेजेश्वरबाबु ग्वंगःको सोचमा झिनो अन्तर। कर्म त सबै सबै नै निजामती सेवारत कर्मचारीको धर्म नै। कोही अलि बढी समीक्षात्मक। विहारीजी दोस्रो कोटिका। फलिफापिए नै। उहाँलाई धारणा आफैं मेरो।

सबै छोडेर गन्थन विहारीकृष्ण श्रेष्ठ गीताका श्लोक मुखर गर्ने प्रिय पात्र। गीताको सैद्धान्तिक जीवनात्मपरक श्लोक उच्चारण गर्न मन पराएँ। आत्मपरक दर्शन उद्धरणसाथ बिट मार्ने जमकिएँ–

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।

न चैन क्लेदयन्त्यापो नशोषयति मारुतः।।

आत्मातत्त्व यति अजरअमर रहेको हुन्छ। देह त यति अजर अमर रहेको श्रीमद्भागवतगीताको महामन्त्र दिवंगत विहारीकृष्ण श्रेष्ठ उर्फ ग्वंगः विज्ञ थिए। श्रद्धाञ्जली यो तेजेश्वरबाबु ग्वंगःको।

विहारीकृष्ण श्रेष्ठले किन ग्वंगः थरलाई तिलाञ्जली गर्नुपर्ने बाध्यता ब्यहोरे ? त्यसको अलग्गै रोचकघोचक इतिवृत्ति गर्नेछु। दिवंगत आत्मालाई शान्ति !

प्रकाशित: ९ चैत्र २०८१ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App