डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक र श्रोतामाझ परिचित बनेका गायक कृष्ण कार्कीले ‘जुनेली रात’ ल्याएका छन्। उनले सन्दीप कार्कीको ‘जुनेली रात’ गीतलाई मीठाे स्वर दिएका छन्। उक्त गीतलाई सुन्दर मगरले कम्पोज गरेका हुन्। गीतमा आफूले मन पराएको युवतीप्रति युवाले व्यक्त गर्ने भावना उल्लेख छ।
गीतमा सन्दीपबाबु लोहनी र समिया कार्की फिचर्ड छन्। समियालाई देखेपछि एकोहोरो मन पराएका सन्दीपले व्यक्त गर्ने प्रेम भावमा गीत केन्द्रित छ। कृष्णले यसअघि ‘डुब्लिकेट माया’ लगायतका गीत मार्फत दर्शकको मन जितिसकेका छन्।
गीतको भिडिओमा राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको छ भने यसलाई रामकुमार केसीले छायांकन निर्देशन गरेका हुन्। सङ्कल्प भुजेलको छायांकन रहेको भिडिओलाई सुप्रिम पराजुलीले रङ्ग संयोजन र विवेक सुनारले सम्पादन गरेका हुन्।
प्रकाशित: ६ चैत्र २०८१ ११:४२ बुधबार