२० चैत्र २०८१ बुधबार
image/svg+xml १७:२५ अपराह्न
कला/संस्कृति

‘शंकर सन्दर्भ’ ग्रन्थको लोकार्पण, चालिसे, आलोक र नेपाल पुरस्कृत

प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्ती तथा पुरस्कार - सम्मान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएकाे छ। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित ‘शंकर सन्दर्भ’ ग्रन्थको लोकार्पण पनि गरिएकाे थियाे।

उक्त अवसरमा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले निबन्धकार विजय चालिसेलाई ‘शंकर लामिछाने पुरस्कार’ अर्पिएका थिए। सो पुरस्कार अन्तर्गत नगद ५० हजार रूपैयाँ रहेको छ। चालिसेलाई दोसल्ला र ढाका टोपीसहित सम्मानपत्र अर्पिएको थियो।

यस्तै कार्यक्रममा अर्का निबन्धकार पवन आलोकलाई ‘शंकर लामिछाने सम्मान’ अर्पिएको थियो। आलोकलाई २५ हजार रूपैयाँ नगदसहित दोसल्ला, प्रमाणपत्र र ढाका टोपी लगाई सम्मान अर्पिएको थियो।

सोही कार्यक्रममा लोकार्पित कृति ‘शंकर सन्दर्भ’  का सम्पादक पारसप्रकाश नेपाललाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा प्रसिद्ध समालोचक प्रमोद प्रधानले पुरस्कृत एवम् सम्मानित स्रष्टाहरूकाे योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रमका अध्यक्ष लेकालीले संस्थाको परिचय र पुरस्कार सम्मान प्राप्त गर्ने लगायत उपस्थित सभालाई स्वागत गरेका थिए।

कार्यक्रममा पुरस्कार-सम्मान प्राप्त स्रष्टाहरूले पनि बोलेका थिए। कार्यक्रममा प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले संस्था दर्ता गरेदेखि आजसम्मका गतिविधिमा प्रकाश पारेकी थिइन्।

दयारामभक्त माथेमाको सम्झनामा स्थापित दया फाउन्डेसनका किपा माथेमाले सभालाई सम्बोधन गरे। यसैगरी आख्यानकार पद्मावती सिंहले उपस्थित सभालाई धन्यवाद व्यक्त गरेकी थिइन्।

डालो रेस्टुरेन्ट अनामनगर काठमाडौंमा सम्पन्न कार्यक्रमकाे सञ्चालन मणि लाेहनीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्यले योग्य व्यक्तिलाई योग्य पुरस्कार प्रदान गरिएकोमा खुसी प्रकट गरेका थिए।

प्रकाशित: ६ चैत्र २०८१ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App