२० चैत्र २०८१ बुधबार
image/svg+xml १७:९ अपराह्न
कला/संस्कृति

सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ काे परिचर्चा

‘नेपाल मुक्तक प्रतिष्ठान’ ले सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ काे परिचर्चा गरेकाे छ।

नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशनमा प्रकाशित  ‘मुक्तम मुहिम’ मा २२६ स्रष्टाका मुक्तकहरू समावेश छन्।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रूपमा ‘मुक्तम मुहिम’ आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरूले जोड दिएका थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले ‘मुक्तम मुहिम’ बारे चर्चा गर्दै दुई संस्थाको सहकार्यमा उपलब्धिमुलक काम भएको बताए। साथै उनले भने, ‘पोखरा घोषणापत्र-२०७०’ बाट मुक्तक नियमबद्ध भएको छ। त्यसले मुक्तकको सैद्धान्तिक बहस केही हदसम्म व्यवस्थापन गरेको छ। अब अभियान एउटै भएकाले मुक्तकसँग सम्बन्धित संस्था धेरै हुनु जरुरी छैन।

यसैगरी नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले दुई संस्थाको पहलमा मुक्तकमा कहिल्यै कलम नचलाएका र पहिले लेखेर हाल मुक्तक लेख्न छोडेकाहरूसहित मुक्तकमा जमेका स्रष्टाहरू समेत लेखनमा सहभागी गराउन सकेकाे बताए।

अध्यक्ष कोनेले हामीले गाह्रो काममा हात हालेका छौं तर सफल भएका छौं भन्दै भने,  ‘नेपाल स्रष्टा समाजसँगको सहकार्यमा नेपाली निबन्धका चर्चित व्यक्ति उमेरले ९४ पुगेका तेजेश्वर बाबु ग्वँग: समेतलाई मुक्तक लेखाउनु हाम्रो सफलता हो, उहाँ जस्तै कहिल्यै मुक्तक विधामा कलम नचलाउनेहरूलाई पनि हामीले लेखाएका छौं, यस कार्यले हामी हौसिएका पनि छौं।’ 

नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराईले सञ्चालन गरेकाे कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत गरेका थिए।

उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका पूर्व अध्यक्षहरू पवन आलोक र विधान आचार्य, सुनिल अधिकारी, मदन नेपाल, शीतल कादम्बिनी, विष्णुबहादुर सिंह, प्रदीप सापकोटा, तुलसीहरि कोइराला, प्रघुम्न जोशी, निशा केसी, प्रतिक घिमिरे, रुपा रिसाल, राजेन्द्र घिमिरे, बादल घिमिरे, निर्मल पराजुली लगायतले आआफ्नो धारणा राखेका थिए।

‘मुक्तम मुहिम’ मा प्राडा लक्ष्मणप्रसाद गौतमको मुक्तकको विस्तृत सैद्धान्तिक निरूपणसम्बन्धी आलेख समेत समावेश छ। 

प्रकाशित: १ चैत्र २०८१ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App