१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/संस्कृति

प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा

फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

‘राजागञ्ज’ केन्द्रीय चलचित्र जाँच समितिले फिल्ममा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हटाएपछि प्रदर्शनमा आएको हो।  फिल्ममा ९ वर्षअघि एमाले अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले भनेका केही अभिव्यक्ति राखिएको थियो । सो अभिव्यक्ति हटाएपछि मात्र फिल्म प्रदर्शनमा आएको हो।

फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित: १ चैत्र २०८१ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App