१० चैत्र २०८१ आइतबार
image/svg+xml
कला/संस्कृति

दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’ बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया

अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन्। उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ। नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे। उनले सामाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ। उनले नेपाली सिनेमा ‘मितज्यू’ मा अभिनय गर्ने कन्फर्म भएसँगै यो सिनेमा दर्शकको प्रतीक्षामा रहनेछ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। उनीहरूले यसअघि यस वर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’ मा काम गरेका थिए। गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ। अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को(को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन्।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।

प्रकाशित: २८ फाल्गुन २०८१ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App