२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:२८ अपराह्न
कला/संस्कृति

पूर्व सचिव परीक्षित नर्सिंह राणाको जीवनी ‘धनबुबा’ काे लाेकार्पण

पूर्व सचिव स्वर्गीय परीक्षित नर्सिंह राणाको जीवनीमा आधारित इमानदारीको मार्गमा अविश्रान्त यात्री धनबुवा परीक्षित नर्सिंह राणा कृतिकाे लाेकार्पण भएकाे छ। स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले उक्त कृतिकाे लाेकार्पण गरेकी हुन्।

पुस्तकका लेखक तथा वरिष्ठ साहित्यकार विमल भौकाजीले एक वर्ष लगाएर स्वर्गीय सचिवको जीवनमा आधारित पुस्तक तयार पारिएको बताए। स्वर्गीय परीक्षित नर्सिंङ राणाको खोजीखोजी विविध पक्ष समेटेर कृति तयार पारिएकाे उनले बताए।

पत्रकार भिम घिमिरेले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले ५५ वर्षअघि नै मृत्यु भएका राणाको बारेमा लेख्दा विभिन्न अध्ययन र अनुसन्धान गरेर लेखिएको बताए।

 

पाँच खण्डमा लेखिएको पुस्तकमा विसं १९६५ यताका धेरैजसो राजनीतिक, सामाजिक, प्राकृतिक र प्रशासनिक इतिहास समेटिएको छ।

पुस्तकका संयुक्त लेखक कपिल लोहनीले परीक्षित नर्सिंहकाबारे विभिन्न स्मृतिहरू सुनाउँदै कार्यक्रम सञ्चालन गरेका थिए।

उक्त कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षित राणाले नेपालको प्रशासनिक क्षेत्रमा पुर्‍याएकाे योगदान सराहनीय भएकाे बताए। उनलेसचिव राणा समाज सुधारकाे पर्याय भएकाे र उनकाे सपना पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्ने बताए।

कार्यक्रममा स्वर्गीय सचिव राणाका छोरा प्रसन्न नर्सिंह राणाले बुबाजस्तो इमानदार व्यक्ति प्रशासक भएकोमा आफूलाई गौरवकाे महसुस भएकाे बताए।

पुस्तकमाथि समीक्षा गर्दै पुस्तकका सम्पादक प्राडा करण शाहले परीक्षित नर्सिंहले जीवनमा अवलम्बन गरेका इमानदारीका पाइलाहरू सबैका लागि प्रेरणा हुने बताए।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफू १६ वर्षको छँदा कर्मचारी सञ्चयकोषमा जागिर लगाइदिएको सम्झना सुनाए। उनले राणा सधैं भ्रष्टाचारविरोधी पात्र भएर उभिएकाे बताए।

अर्थ मन्त्रालयमा अधिकृतबाट जागिर थालेका राणा सचिवबाट सेवानिवृत्त भएका थिए। विसं १९७३ मा जन्मिएका राणा प्रजापरिषद्का समर्थक थिए। शहीद गंगालाल श्रेष्ठका सहपाठी राणा प्रजा परिषदका पक्षमा लडेका थिए। उनलाई मृत्युदण्ड दिने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि गोर्खाको कारावासमा राखिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८१ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App