२५ चैत्र २०८१ सोमबार
image/svg+xml ७:३२ पूर्वाह्न
राजनीति

‘प्रहरीले घेरा हालेको बेला दुर्गा प्रसाईंलाई समात्न नसक्ने, अहिले छिटो समात्छौं भन्ने ?’

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले घेरा हालेको अवस्थामा समात्न नसकेको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्।

गत चैत १५ गतेको प्रदर्शनका क्रममा प्रसाईं प्रहरीको घेराबाट उम्किएको विषयलाई लिएर उनले सरकारको जवाफदेहितामाथि आशंका व्यक्त गरेका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै पाण्डेले भने, “प्रहरीले घेरा हालेको बेला दुर्गा प्रसाईंलाई समात्न नसक्ने, अनि अहिले आएर छिटोभन्दा छिटो समात्छौं भन्ने ? यो कुरा कसले पत्याउँछ?”

उनले प्रदर्शन नियन्त्रणमा सरकारले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै प्रसाईंलाई सरकारले नै भगाएको हुन सक्ने आशय व्यक्त गरे।

पाण्डेले घटनाको प्रकृति र प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे गृहमन्त्री रमेश लेखकले समितिमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

“प्रहरीको घेराबाट उम्कन सक्ने अवस्था कसरी बन्यो ? यो गम्भीर विषय हो,” उनले थपे। समितिले गृहमन्त्रीलाई शुक्रबारको बैठकमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको छ।

प्रकाशित: २० चैत्र २०८१ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App