२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

महोत्सवका बारेमा जानकारी दिदैं आयोजक। तस्बिर: गोविन्द/नागरिक

कर्णालीमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०८१ हुने भएको छ। सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा महोत्सव दुई चरणमा गरेर हुने जनाइएको छ।

पहिले फागुन २५ गते उद्घाटन, चलचित्र संवाद वीरेन्द्रनगरस्थित सुभ होटेलमा र दोस्रो फागुन २६ गते दैलेखको गुराँस गाउँपालिकामा पर्यटन तथा जलवायू, अवार्ड समारोह गर्ने आयोजकले जनाएको छ।

कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक चक्र बहादुर चन्दले जानकारी दिए।

कर्णालीमा रहेका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाकंन स्थल, यहाँका अनगिन्ती कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक सम्बन्धित व्यक्तिहरूमा प्रचार प्रसार गर्ने उद्देश्य रहेको निर्देशक चन्दले बताए।

कर्णालीका बारेमा महोत्सवले यहाँका कथा, भाषा, लोभ लाग्दा दृश्यहरू आगामी दिनमा प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने गरेको महोत्सवका सल्लाहकार महेन्द्र मल्लले बताए।

प्रकाशित: १५ फाल्गुन २०८१ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App