३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

भरिया

लघुकथा

गिलास फुट्ला जस्तै गरेर टेबलमा थेचार्यो र एउटा अदुवाको टुक्रा मुखमा राख्यो  त्यसपछि थोरै मुख बिगारेर जिब्रो ट्वाक्क पर्यो।  ‘लेखेर राख्नु है आजको।’ उसले भन्यो।

‘थुप्रो हुन आट्यों है बाँकी।’ सुनमायाले भनी।

‘दिन्छु के दिन्छु।’ उसले आश्वासन दियो।

सुनमायाले सम्झाउन खोजी, ‘तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।’

‘आफैं बेच्दछे, अझ भन्छे। हामीले न पिए कसलाई बेच्ने हो र?’ उसले जिस्कने पाराले भन्यो।

‘आफ्नै दाइ जस्तो लागेर भनेको नि।’ सुनमाया पनि भावनामा बगे जस्तै भई।

बाहिर हुँकिएको कार हेर्दै उसले भन्यो, ‘देश  र जनताका लागि लडेको हुँ म पनि धेरै नसम्झाउ।’ आफ्नो विगतमा अझै गर्व थियो उसमा।

‘सबै साथै हिँडेका साथी भन्छौ। उनीहरू कहाँ पुगे तिमी यतै गल्लीमा भौतारिँदै छौ।’ सुनमायाले भनी।

उसको आफ्नै दिनचर्या सम्झेर ऊ आफैंलाई दिक्क लाग्दथ्यो। खास गरेर ऊ बेलामा रक्सी छुन पनि नछुने मान्छे अहिले रक्सीको कुलतमा फसेको थियो।

‘मैले के गर्ने त अब? त्यतिबेला त उनीहरू पनि म जस्तै थिए।’ उसले कम्मरमा बाँधेको नाम्लो हातमा लिँदै भारी बोक्न तयारी अवस्थामा बस्यो। 

प्रकाशित: १० फाल्गुन २०८१ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App