३१ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५१ अपराह्न
कला

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाडाैं बसुन्धाराकी सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छन्। शनिवार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकियो जापान’ का लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्।

प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिंदै उनले शीर्ष उपाधि जित्न सफल भइन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनर अप रेखा भट्टराई हुन सफल भएका थिए।

करिव दर्जन प्रतियोगीको एक महिनाको सम्पूर्ण प्रशिक्षणको अभिभारा चर्चित अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाले वहन गरेकी थिइन्। प्रतियोगीहरूले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याट्वाक, प्रस्तुतिकरण बाैद्धिक क्षमता विकास लगायतका विषयहरूमा प्रशिक्षण लिएका थिए।

कार्यक्रमको सुरु‌वाती चरणमा आर्कषक नृत्यबाट प्रतियोगीहरूले आरम्भ गरेको सो कार्यक्रममा क्रमश: परिचयात्मक चरण, पोशाक प्रर्दशनी, टप सेभेन, टप फाइ‌ब, प्रनोत्तर चरण पार गर्दै क्राउनिङ चरणमा समापन भएको थियो भने मध्यान्तर‌मा कोरियोग्राफर सुब्बा आफैं विशेष राउण्डमा स्टेजमा उत्रिएकी थिइन्।

कार्यक्रममा विविध सव टाइटल अर्वाड समेत वितरण गरिएको थियो जसमा सन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना विक मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मिला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशलकुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भएका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भि.जे., निमा लमु शेर्पा, ब्यूटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए।

कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्य पनि प्रस्तुति गरेका थिए। विवाहित महिलाहरूको क्षमता, प्रतिभा प्रस्फुटन गराई सामाजिक पहिचान बनाई महिलाहरूको क्षमता प्रतिभा बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी गराएको छ।

प्रकाशित: २७ माघ २०८१ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App