टिकटकरद्वय मिस पवि र अंशुवर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटक बन्द नगर्न सुझाव दिएका छन्।
बिहीबार (आज) प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका उनीहरूले यस्तो सुझाव दिएका हुन्। उनीहरूसँगको भेटपछि आफूलाई टिकटक बन्द नगर्न सुझाव दिएको कुरा प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्।
'आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ। सामाजिक सञ्जालका प्रतिभावान् क्रिएटर मिस पवि र अंशुवर्मासँग साँझ कुराकानी भयो। उहाँहरूले टिकटक अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो,' प्रधानमन्त्री ओलीले लेखेका छन्।
प्रकाशित: २४ माघ २०८१ २१:१२ बिहीबार