राम - कतिमा पढ्नुहुन्छ प्रीति?
- म लोयर
राम - हजुरको नाम जान्न सकिन्छ?
प्रीति - प्रीति रम्तेल
प्रीति - अनि हजुरको नाम?
राम- रामदास वैष्णव।
प्रीति - पढाइ कता पुग्यो?
राम- मैले संस्कृतमा विद्यावारिधि गरेको छु।
राम - बसाइ कता होला, जान्न सकिन्छ?
प्रीति- काठमाडाैं, पहिला खोटाङ।
प्रीति- हजुरको बसाइँ नि?
राम - मेरो घर देवघाट अहिले काठमाडाैं जमल।
राम - हजुर वकालत गर्नुहुन्छ भन्दा हुने भयो हो?
प्रीति - पक्कै सर त्यसको अलावा छालाका जुता बनाउने कारखाना पनि छ।
प्रीति - अनि हजुरको व्यवसाय?
राम - म प्राध्यापन गराउँछु टियुमा।
राम - घरमा कोको हुनुहुन्छ?
प्रीति - कोही हुनु हुन्न। कथा लामु छ सर भक्कानिदै उत्तर आयो। यी कुरा सबै सुनिरहेको थिएँ यत्तिकैमा गाडी रोकियो। नम्बर साटासाट गरेर दुवै गन्तव्यतिर लागे।
यसो हेर्दा दुवै अविवाहित लाग्थे। पुनः भेटौं भन्ने बाचासहित छुटेका थिए तिनीहरू।
मैले सुनधारामा चियाचमेना होटल खोलेको थिएँ। लगभग दुई वर्षपछि मेरो होटलमा प्रीति र रामलाई सँगै आएको देखें, नियालेर हेरें, उनीहरूको जोडी साँच्चै सुहाएको थियो! कुनै ठाउँमा पनि नमिलेको लागेन।
आफ्नाे विगत सम्झिन बाध्य भएँ। आखिर मायाप्रेम भनेको त जातको आधारमा हुन्न रहेछ त अनि मलाई चै किन अलग्याउन खोज्यो मेरो समाजले मेरी फूलमाया मिजारबाट।
- रोहिणी रसिक
प्रकाशित: २४ माघ २०८१ १२:२४ बिहीबार





