१) मुक्तक
फूलै फूलको थुँगो जिन्दगी कसको पो हुन्छ र,
सधैंभरि मायै माया मात्र कसले पो बुन्छ र!
आँसु र हाँसो घडीको सुईसँगै चलिरहन्छन्,
दिन दिनै सुखले मात्र कसलाई पो छुन्छ र!
२) मुक्तक
नजाने नि सिक्नुपर्छ हर कुरामा अघि बढ्नुपर्छ,
असल र सक्षम बन्नलाई राम्रो कुरा पढ्नुपर्छ।
एआईलाई राम्रो चिनौ प्रविधिको युगमा,
चमत्कारी विकास गर्दै सिढी माथिल्लो चढ्नुपर्छ।
३) मुक्तक
सरक्क सरेर फर्केर हेरे यी नजर टोलाए,
दुरीमा तिमी धेर टाढा रैछौ म त्यसै बोलाए।
कटक्क मेरो मन खान्छ सधैं तिमीलाई सम्झिदा,
निष्ठुरी रैछौ मायालु तिमी मन त्यसै पोलाए।
४) मुक्तक
मिठो मुस्कान उसले दिन्छ जस्को खुसी मन छ,
प्रगति त उसले गर्छ जस्को स्वस्थ तन छ।
अध्यनलाई ध्यान दिंदै स्वास्थ्य रहने बानी गरौ,
सधैं उन्नतिमा लम्किनलाई विधा नै धन छ।
५) मुक्तक
भए जति सबै मेरा नभन्नु न राजा,
सबैसबै आफ्नै ठानी नगन्नु न राजा।
कति आफ्ना कति पराई भइरहेकै त हुन्छन्,
जे भए नि तानाशाह नबन्नु न राजा।
प्रकाशित: १६ माघ २०८१ ११:०१ बुधबार