१० माघ २०८१ बिहीबार
image/svg+xml
कला

पठन संस्कृति विकासमा सुनकोसी वाङ्मय प्रतिष्ठान

सुनकोसी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकासतिर अग्रसर भएको छ। यही क्रममा जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई पुस्तक हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल लगायतले पुस्तकहरू हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले ‘जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य “हामी पनि पढछौ” अभियानमा घुम्ती पुस्तकालय अन्तर्गत विभिन्न विधाका पुस्तकहरू संकलन गरी यस कार्यालय मातहत सम्पूर्ण प्रहरी ईकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्धि , विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि भई व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुर्याउने उद्देश्य राखिएको” जानकारी दिइन्। उनले अभियानमा सघाउ पुर्याउने सुनकोसी वाङ्मय प्रतिष्ठान परिवारलाई धन्यवाद दिइन्।

प्रतिष्ठानका अध्यक्ष सिलवालले घट्दो पठन संस्कृति उठाई पठन संंस्कृतिको विकास गर्न प्रतिष्ठानले विभिन्न अभियान सञ्चालन गर्ने उद्देश्यले अघि बढ्न लागेको बताए।

पुस्तक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।

प्रकाशित: १० माघ २०८१ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App