१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

सम्झना

कविता

याद आउँछ पल्पल् सम्झना आउँछ, भनेर के गरूँ।

समय बित्छ जीवन बित्छ, बाध्यता ऐजेरु।।

बिर्सेको छैन एक पोको तेलले, महिना नै काटेको।

क्षमता बढ्यो सम्झना रह्यो, मन नै फाटेको।१।

 

टुकीमा पढ्थ्यौ लाल्टिनमा पढ्थ्यौ, विद्यार्थी जीवनमा।

मलाई लाग्छ उपहाररूपी, सफलता मनमा।।

याद आउँछ आज यात्राको रूप, झरिमा हिँडेको।

बझाङदेखी  बाजुरासम्म, भारिमा हिँडेको।२।

 

खेत र बारी बन र पाखा, याद आउँछ झल्झली।

स्कुल पढ्दा हुर्केको आँगन, सम्झना मखमली।।

२० बर्से ठिटो धनगढी झर्‍याे, पढ्नलाई भनेर।

सपना बोकी जागिर खान, औंलालाई गनेर।३।

 

जागिर खाइयो केही वर्षअघि, अमिनको पदमा।

सम्झना रह्यो आज त हेर, पुलरुपी कदमा।।

मलाई लाग्छ जीवन एउटा, यात्राको उद्दार हो।

सेवाको भावले अगाडि बढे, जीवन नै सत्कार हो।४।

 

हिजोको सपना आजको विपना, बिम्व छ मनमा।

केही छैन संसार स्वार्थीको स्वरुप, आकर्षण धनमा।।

बाहिरको खोल राम्रो  नै भए, सबैलाई मनपर्छ।

सतही ज्ञान अधुरो आर्जन, काम्मा नै प्वाल पर्छ।५।

 

नगरौं दोमन संकल्पित बनौं, लक्ष्यको रेखामा।

बुलन्द पारौं आवाजलाई काममा नाम लेखाउँ नेकामा।।

न्यायको मुर्ति बन्नु छ सब्ले, लक्ष्यको भेदमा।

ज्ञानको सागर डुबुल्की मार्दा, नियालौं वेदमा।६।

प्रकाशित: २७ पुस २०८१ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App