१७ पुस २०८१ बुधबार
image/svg+xml
कला

गोविन्दालाई अभिनय र नृत्य सिकाएको पत्नी सुनिताको दाबी

गोविन्दा ९० को दशकमा बलिउडमा आफ्नो कमेडी र नृत्यका लागि प्रख्यात थिए। पछिल्लो समय उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहने गरेका छन्। हालै उनकी श्रीमती सुनिता आहुजाको दाबीले थप चर्चा पाएको छ।

सुनिताले गोविन्दालाई अभिनय र नृत्य सिकाएको भनेर दाबी गरेकी छिन्। यो दाबीले धेरैलाई चकित पारेको छ। सुनिता आहुजा पछिल्लो समयमा आफ्नो पतिको साथमा प्रायः देखिने गरेकी छिन्।

सुनिताले हालै द मेल फेमिनिस्टसँगको एक अन्तर्वार्तामा आफ्नो दाबीलाई स्पष्ट पार्दै भनिन्, ‘गोविन्दा उत्कृष्ट अभिनय गर्छन्, तर नाच्न कसले सिकायो? त्यो मैले सिकाए। मैले नै हो। हामी डेटिङ जाँदा सँगै धेरै नाच्ने गर्थ्यौं।’ उनले गोविन्दाको पहिलो फिल्म ‘तन बदन’ मा मुख्य भूमिकाको अफर आएको पनि खुलासा गरेकी छिन्। उनले भनिन्, ‘हामी प्रायः नाच्ने प्रतिस्पर्धा गर्थ्यौँ, जहाँ विजेताले ५० भारतीय रुपैयाँ पाउँथ्यो, र त्यो धेरैजसो मैले नै जितेको थिएँ।’

हटफ्लाइको द मेल फेमिनिस्ट शोमा सुनिताले यी सबै कुरा खोलेकी छिन्। तर, सुनिताले रुचि नभएका कारण 'तन बदन' मा काम गर्न अस्वीकार गरेको भनेकी छिन्। गोविन्दा र सुनिताको विवाह १९८७ मा भएको थियो, जुन ३७ वर्ष पूरा भइसकेको छ। उनीहरूका दुई सन्तान यशवर्धन र टीना छन्।

प्रकाशित: १४ पुस २०८१ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App