२ माघ २०८१ बुधबार
image/svg+xml
कला

प्रतिभा पहिचानार्थ ‘प्रतिभा प्रस्फुटन कार्यक्रम’

सुकुना बहुमुखी क्याम्पस,सुन्दरहरैंचामा विद्यार्थीहरूको प्रतिभा पहिचानार्थ ‘प्रतिभा प्रस्फुटन कार्यक्रम’ भएको छ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीकाे प्रमुख आतिथ्य भएकाे कार्यक्रममा दुई दर्जन विद्यार्थीले कविता, गीत, नृत्य लगायतका विधा प्रस्तुत गरेका थिए।

क्याम्पसकै अतिरिक्त क्रियाकलाप समिति तथा प्रतिभा पहिचान समितिले आयोजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि अधिकारीले जसरी सुकुना बहुमुखी क्याम्पसमा पठनपाठनमा देशमै अग्रपङ्तिका क्याम्पसहरूको लस्करमा रहन सफल कदमी चाल्दै छ, त्यसरी नै  क्याम्पसका विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि लागिपर्न क्याम्पस परिवार सधैं तत्पर रहेकाे बताए।

सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले विद्यार्थीहरूको सिर्जनशीलतामा क्याम्पसको जोड रहेको भन्दै यहाँका विद्यार्थीहरू देशका विभिन्न तहतप्कामा पुग्न सफल भएको बताए।

उक्त कार्यक्रममा सहायक प्रमुख गणेश दाहाल, नेपाली शिक्षण विभागका प्रमुख गेहेन्द्र खनाल, व्यवस्थापन सङ्कायका प्रमुख उमेश उप्रेती, नेपाल पव्लिक क्याम्पस प्राध्यापक सङ्घ, इकाइ समितिका सभापति जनार्दन गुरागाई, डा. दीपक न्यौपाने, बालकृष्ण गौतम, उर्मिला रिजाल आदिले आतिथ्य ग्रहण गरेका थिए।

उक्त कार्यक्रममा रेडियो कार्यक्रम ‘सुकुना प्रवाह’ को संयोजक रेखा सुवेदीले स्वागत, प्रतिभा पहिचान समितिका संयोजक खगेन्द्रराज दाहालले सञ्चालन र अतिरिक्त क्रियाकलाप समितिका प्रमुखले सभापतिको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम प्रतिभा पहिचान गर्न फलदायी सफल भएको प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाले बताए।

प्रकाशित: १२ पुस २०८१ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App