२ माघ २०८१ बुधबार
image/svg+xml
कला

‘भरतपुर रैथाने महोत्सव’ मा राजु परियारदेखि समीक्षा अधिकारीसम्म

भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको ‘राष्ट्रिय रैथाने खाना महोत्सवमा लोकगायक राजु परियारदेखि आधुनिक गायिका समीक्षा अधिकारीसम्मका संगीतकर्मीले सांगीतिक प्रस्तुति दिने भएका छन्।

बिहीबार भरतपुरमा आयोजित एक कार्यक्रममा मेयर रेणु दाहालले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको राष्ट्रिय रैथाने खाना महोत्सवमा कलाकारहरूको सांगीतिक प्रस्तुतिसमेत हुन लागेको जानकारी दिइन्।

‘भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको राष्ट्रिय रैथाने खाना महोत्सवमा लोकगायक राजु परियारदेखि आधुनिक गायिका समीक्षा अधिकारीसम्मका संगीतकर्मीहरूले सांगीतिक प्रस्तुति दिँदै छन्,’ भरपुर महानगरपालिका मेयर रेणु दाहालले भनिन्, ‘भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव हुन लागेको हो।’

पुस १२ गतेदेखि मेघौलीको जानकी माध्यमिक विद्यालयको प्रांगणमा आयोजना हुने रैथाने खाना महोत्सवमा स्थानीय खानाका विभिन्न परिकारहरूको स्वाद अवलोकनकर्तालाई चखाउने जानकारी उनले दिइन्।

आगामी पुस २६ गतेसम्म आयोजना हुने महोत्सवमा लोकगायक राजु परियार, आधुनिक गायिका समीक्षा अधिकारी, लोकगायक बद्री पंगेनी, अर्जुन सापकोटा भूमिका गिरी, रेनुका भट्टराई, अस्मिता डल्लाकोटी, ढाकाराम पौडेल, मुक्ति सापकोटा, कुशल बेलबासे, यमलाल भण्डारी र ‘द इरास’ ब्यान्डलगायतले सांगीतिक प्रस्तुति दिँदै छन्।

१४ दिन चल्ने महोत्सवअन्तर्गत शुक्रबार राजु परियार र अस्मिता डल्लाकोटी, पुस १३ गते बद्री पंगेनी र रेनुका भट्टराई, पुसर १५ गते ‘द इरास’ ब्यान्डसहित रमेशराज र ढाकाराम पौडेल, पुस १४ गते भूमिका गिरी र कुशल बेलबासे र पुस १६ गते समीक्षा अधिकारी र ‘द इरास’ ब्यान्डले प्रस्तुति दिनेछन्।

यसअघि महानगर दिवसको अवसरमा काठमाडौं महानगरले समेत राजधानीको टुँडिखेलमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित: १२ पुस २०८१ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App