१ पुस २०८१ सोमबार
image/svg+xml
कला

हिंसा

"आधा धर्ती ओगट्ने नारीमाथि पुरुषले दासत्व लादयाे।" सलिनाले अकस्मात् भनिन्।

केहीले सही लगाए। केहीले नाक खुम्चाए। महिलामाथि कसले शोषण गर्‍याे? किन शोषण गर्‍याे? कसरी शोषण गर्‍याे? विषय यही नै थियो। जन्तरे काका अलि भिन्न थिए। उनी प्रयोगलाई जोड दिन्थे। उनले एकजना मदिराप्रेमीलाई अग्र भागमा बोलाए। उसले पिउन चाहे जति मदिरा उसलाई पिलाए। नि: शुल्क पाएपछि ऊ किन चुप बस्थ्यो? उसले धोक्नुसम्म धोक्यो। केही समयमै ऊ मात्न लाग्यो।

जन्तरे काकाले प्रयोगलाई निरन्तरता दिँदै भने, "सलिना नानी, स्कट मिलाएर यसको छेउमा बस त।"

सलिना दंग परिन्। यू एन चिफलाई जिम्मल काकाले मदिरा पिउनेसँगै राखे। उनले जिज्ञासा राख्दै सोधिन्, "किन काका?"

"त्यो भाइको नशा तिमीलाई लाग्यो कि लागेन?" जिम्मल काकाले सिधै साेधे।

सलिनाले भनिन्, "लाग्या छैन काका!"

"आधुनिकताको अर्थ नाङ्गै हिँड्ने हो? फेसनको नाममा ...अफर गर्ने हो? आमा, दिदी, बहिनी र सासू को हुन् ? पुरुषलाई किन दोष? वातावरण कस्ले बनायो? "

उसैगरी जिम्मल काकाले ठाडो प्रश्न सोधे।

एउटा बिज उम्रन वातावरण चाहिन्थ्यो। बिज फल्न र पाक्न वातावरण चाहिन्थ्यो। वातावरण पछि रसायन तत्त्वले अवस्था फेर्थ्यो। अत: बाध्य भएर सलिना बोलिन्, "होइन काका, सबै नारी हुन्।"

जिम्मल काकाले विषयलाई टुङ्ग्याउँदै भने, "अरूले पिएको मदिरा लाग्दैन भने महिला हिंसा महिलाले नै हिंसाको वातावरण बनाउँदा हुन्न र!"

- बालकृष्ण गजुरेल  

प्रकाशित: १ पुस २०८१ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App