१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

राजकुमारले ल्याए दसैँको कोसेली ‘परदेशीको पिडा’

हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा राजकुमार न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन्। उनले लेखेको ‘परदेशीको पिडा’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा चर्चित गायक नरहरि प्रेमीले स्वर दिएका छन्। राजकुमार न्यौपानेको गीत, पिप्लव अधिकारी एरेन्स रहेको गीतको भिडियोमा अभिनय सुरविर पण्डित,निहारिका थापा,रन्जन श्री रुकु बिष्टर राम चन्द्र खड्का नारायण तिवारी लगायत रहेको छन्।

गीतमा परदेशीको कथा र दसैँको रौनक देखिएको छ। सरोज शाहीको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन अर्जुन डोटेलले गरेका हुन्। न्यौपानेले परदेशी को पीडा र भावना उजागर गरिएको ‘ परदेशीको पिडा’ बोलको गीत सार्वजनिक गरेका थिए।

प्रकाशित: २३ आश्विन २०८१ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App