त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजना र कौशला लामिछाने स्मृति कोषसँगको सहकार्यमा शारदीय काव्य उत्सव-२०८१ सम्पन्न भएको छ। एपेक्स विजनेश होटल एयरपोर्टमा भएको कार्यक्रममा कौशला लामिछानेको ‘मनोभाव’ गजलसङ्ग्रहको लाेकार्पण गरिएको थियो।
शारदीय पर्व दशैं, तिहार र छठ पर्वको शुभकामना र अतिथि कविका कविता वाचन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको त्रिशूली वाङ्मय प्रष्तिष्ठानका अध्यक्ष आर.एम. डंगोलले बताए।
झन्डै तीन घण्टा चलेकाे कार्यक्रममा छविरमण सिलवाल, बोधराज पौडेल, राजेन्द्रमान डंगोल, लक्ष्मी रुम्बा, दिलकुमारी डंगोल, सुनिल अधिकारी लगायतका २४ स्रष्टाले कविता, गीत, मुक्तक वाचन गरेका थिए।
गजलकार प्रभाती किरणले प्रकाशित कृतिबारे र श्रीहरि फुयाँलले वाचित कविताहरूकाे सटिक टिप्पणी गरेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङको प्रमुख आतिथ्य र वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ विशेष आतिथ्यमा कार्यक्रम भएको थियो।
प्रकाशित: १८ आश्विन २०८१ १२:४४ शुक्रबार