१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

उपन्यासकार प्रकाश तिवारीको ‘९६ गड्डी’ र कृष्ण धरावासीको ‘अर्धकट्टी’ लाेकार्पण

उपन्यासकार प्रकाश तिवारीको ‘९६ गड्डी’ र कृष्ण धरावासीको ‘अर्धकट्टी’ उपन्यासको लाेकार्पण भएको छ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्य तथा पूर्व प्रधान न्यायाधिश गोपाल पराजुली तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला तथा उपन्यासकारद्धयले दुई कृतिकाे लाेकार्पण गरेका थिए।

कार्यक्रममा अतिथिसहित उपन्यासकारद्वयले आफ्ना कृतिका रचनागर्भबारे आआफ्नो धारणा राखेका थिए।

उपन्यासकार अमर न्यौपानेले दुवै पुस्तकबारे आफ्नो धारणा राखे।

काठमाडौं थापागाउँमा भएको उक्त कार्यक्रममा पैरवी वुक हाउसले स्रष्टाहरूलाई समेत गरेको थियो। विभिन्न चाडपर्व नजिकिँदै गर्दा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत गरिएको थियो।

सार्वजनिक गरिएका पुस्तकहरू पैरवी वुक हाउसले प्रकाशन गरेको हो।

प्रकाशित: १८ आश्विन २०८१ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App