११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कवि मिलन समीरलाई प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार

नारी स्रष्टा समाजले ‘प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८०’  ‘मिलन समीर र मिलन समीरहरू’ कृतिलाई प्रदान गर्ने निर्णय गरिएको छ। निर्णायक समितिबाट छनोट भएका स्रष्टा स्याङ्जाका मिलन समीरलाई प्रदान गर्ने बिन्जु जोशी र विक्रमभक्त जोशीले स्थापना गरेकाे उक्त पुरस्कारको राशि एघार हजार रूपैयाँ रहेको छ।

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकमध्येबाट सर्वोत्कृष्ट पुस्तक छनौट गरी प्रदान गरिने ‘प्रभुभक्त-छोरी नानी वर्ष पुस्तक पुरस्कार-२०८०’ पहिलोपटक ‘मिलन समीर र मिलन समीरहरू (शृङ्खला कविताहरू-२०८०) लाई प्रदान गर्ने निर्णय गरिएको हो।

आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिनेसमेत निर्णय गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८१ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App