१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा हाल भाषाको संख्या १३१ पुगेको बताए । अझै भाषाहरू थपिँदै जाने बताउँदै उनले ध्वनि लिपीकारूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने बताए । उनले भने, भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो  मातृभाषामा अनुभूतिहरू गर्न पाउनु पर्छ ।  

भाषाहरुको संरक्षण, संवर्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताउँदै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता औल्याए ।

सोही कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा।गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताउँदै संस्कृति पनि भाषामै अड्किएको उल्लेख गरे। भाषा नरहे संस्कृति नरहने र भाषा बिना संस्कृतिको मौलिकता हराउने उनको भनाइ थियो । भाषा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकारलाई उनको आग्रह थियो ।

प्रकाशित: २३ भाद्र २०८१ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App