१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

एकैसाथ ‘फाटेको मन’ र ‘लालिमा’ मुक्तकसङ्ग्रहकाे लोकार्पण

हातेमालो साहित्य सङ्गमले मुक्तककार साैगात पुन मगरकाे ‘फाटेको मन’ र मुक्तककार लालिमाया थापा मगरको ‘लालिमा’ मुक्तकसङ्ग्रहकाे लोकार्पण गरेकाे छ।

हातेमालोका अध्यक्ष सुनिल अधिकारीकाे सभाध्यक्षता तथा वरिष्ठ गजलकार / मुक्तककार ज्ञानुवाकर पौडेलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष सुनिल अधिकारी, प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, वरिष्ठ साहित्यकार रमेश पौडेल, मुक्तककारहरू - बिमला लामा, मीना चौलागाई, उदास कार्की लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रमुखहरूमा निर्मलरमण पराजुली, मदन नेपाल, मानन्धर अभागी, गणेशबाबु अधिकारी, प्रदिपरत्न शाक्य, मुक्तकालय नेपालका कोषाध्यक्ष कमला घिमिरे अधिकारी, ‘मुक्तक सौन्दर्य’का श्रीराम राई सहित ७५ साहित्यानुरागीहरूको उपस्थिति रहेकाे थियो।

ग्रिनलिफ फूड रेस्टुरेन्टको सभाहल, पुतलीसडकमा भएकाे कार्यक्रममा मीना चौलागाईले मुक्तककार लालिमाया थापा मगरको ‘लालिमा’ र उदास कार्कीले मुक्तककार साैगात पुन मगरकाे ‘फाटेको मन’ मुक्तकसङ्ग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए।

हातेमालोका महासचिव बिमला दाहाल तथा सदस्य दुर्लभ शाह त्यागीले व्यवस्थापन गरेकाे कार्यक्रममा कृष्ण बजगाई, मिसन अधिकारी, प्रदीपरत्न शाक्य, समिन बरुवाल, सुशान्त केसी, आवेश मिश्र, उत्तम भेटुवाल, विविधा भारती, जुमन किरण, नमराज घिमिरे शिखर, उदास कार्की, गणेशबाबु अधिकारी, राजेश गड्तौला, कल्पना दाहाल लगायतले कविता, मुक्तक, गजल जस्ता रचना वाचन गरेका थिए।

हातेमालोका उपाध्यक्ष विपिन मर्मले सञ्चालन गरेकाे उक्त कार्यक्रममा कोषाध्यक्ष पुष्पा धमलाले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।

प्रकाशित: २३ भाद्र २०८१ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App