२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ को टिजर सार्वजनिक

नयाँ नेपाली चलचित्र ‘मिसिङ्गः केटी हराएको सूचना’ को टिजर सार्वजनिक भएको छ। पुराना निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा बनेको यस चलचित्रको रिलिज डेट कात्तिक ३० गतेलाई तोकिएको छ।

निर्देशक गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो। चलचित्रमा पहाडी समुदायका युवती र मधेसी समुदायकी युवाको रहनसहन र मेलमिलापको कथा प्रस्तुत गरिएको छ।

झण्डै दुई दशक नेपाल फर्किएका निर्देशक गौचनले तराईको विविधता नेपाली चलचित्रमा समेट्न यो चलचित्र बनाएको बताएका छन्।

‘म नेपाल फर्किएपछि पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ। यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,’ निर्देशक गौचनले भने, ‘यो फिल्म मेरो मनको नजिक छ। किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।’

चलचित्रमा सृष्टि श्रेष्ठ, नाजिर हुसेनको मुख्य अभिनय छ। यस्तै सञ्जय मिश्रा, अमितेश शाहले पनि अभिनय गरेका छन्।

चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेष श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रूपमा क्रिस मसन्ड रहेका छन्।

प्रकाशित: २२ भाद्र २०८१ १८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App