३१ भाद्र २०८१ सोमबार
image/svg+xml
कला

बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी नेपालमा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी नेपाल आइपुगेका छन्।

निर्देशक मीनबहादुर भामको चलचित्र 'शाम्बाला' को प्रिमियरमा विशेष अतिथिका रूपमा सहभागी हुन शनिबार दिउँसो उनी काठमाडौं आएका हुन्।

फिल्मको प्रिमियर आइतबार हुँदैछ। जहाँ नवाजुद्दीन प्रमुख आकर्षणका रूपमा उपस्थित रहनेछन्। यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो।

'शाम्बाला' ले हिमाली क्षेत्रकी गर्भवती महिलाले हराएका श्रीमान खोज्ने भावुक यात्रालाई चित्रण गरेको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्म भदौ २८ गतेदेखि हलहरूमा प्रदर्शन हुँदैछ।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २२ भाद्र २०८१ १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App