१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

धर्म

लघुकथा

‘घरमाथि पिपल रोप्यो भने गाउँ हराभरा हुन्छ। दशैंभन्दा पहिले आँगनमा तुलसी रोपौं। हुन्न र!’ साहिंला मिजारले छोरासँग सल्लाह मागे।

छोरा झर्क्यो, ‘हाम्रा बालाई नचाहिने रूढिवादी कसले सिकायो!’

क्रान्तिकारी छोराको अघिल्तिर गाउँले बाउ फिक्का परे। साहिंला मिजार आफ्नो अमूल्य परम्परा मान्थे। गाउँमा मेलापात गर्थे। कहिले लेक कहिले बेंसी गर्दा सधैं उस्तै जवान देखिन्थे।

छोरा बासँग गफिंदै थियो। रन्थनिएर भुईमा गर्ल्याम्म लड्यो। उनले गाउँका युवक बाेलाएर हतारहतार अस्पताल लगे। इमर्जेन्सीको रसिद काटेर भर्ना गरे। डाक्टरहरूले चेकजाँच सुरु भयो। लामो समयसम्म सबै मौन रहेपछि साहिंला मिजारलाई खुलदुली बढ्यो।

साहिंला मिजारले सोधे, ‘डाक्टर साव, छोरालाई के भएछ?’

डाक्टरले सलाइन चढाउँदै भने, ‘बोध नभएका मुर्खहरू क्रान्ति भनेर कृत्रिम उपाय रोज्छन्। कुनै वस्तु या जीवको प्राकृतिक गुण, स्वभाव र अवस्था नै धर्म हो। धर्म छोडेपछि रूढि लाग्दैन र!’

- बालकृष्ण गजुरेल

प्रकाशित: २० भाद्र २०८१ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App