२ माघ २०८१ बुधबार
image/svg+xml
कला

स्रष्टा नारायण ज्ञवालीकाे ‘आँखामा कैलास अँजुलीमा मानस’ को लोकार्पण

दायित्व वाङमय प्रतिष्ठानले नारायण ज्ञवालीकाे ‘आँखामा कैलास अँजुलीमा मानस यात्रावृत्तान्त’ को लोकार्पण गरेकाे छ।

दायित्व वाङमय प्रतिष्ठानका उपाध्यक्ष भागवत ढकालकाे अध्यक्षता र वरिष्ठ साहित्यकार ‘रचना’ पत्रिकाका प्रधानसम्पादक राेचक घिमिरेकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष भागवत ढकाल, प्रमुख अतिथि राेचक घिमिरे, संस्थाका अध्यक्ष रामप्रसाद पन्त लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।

ठाकुर शर्मा भण्डारीको स्वागत मन्तव्य रहेकाे कार्यक्रममा प्राडा लेखप्रसाद निरौलाले समीक्षात्मक टिप्पणी गरेका थिए। लीलामणि पौडेल, कृष्ण ज्ञवाली, रामबाबु नेपाल र रामप्रसाद पन्तले  शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा वक्ताहरूले ज्ञवालीकाे यात्रावृत्तान्तले नयाँनयाँ विषयवस्तुकाे जानकारी सान्दर्भिक ढंगले प्रस्तुत गरेकाे बताए।

कार्यक्रममा कृतिकार नारायण ज्ञवाली र उनकी धर्मपत्नी कमला ज्ञवालीलाई माला लगाइदिंदै सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।

दायित्व वाङमय प्रतिष्ठानका महासचिव साहित्यकार यादव भट्टराईले सञ्चालन गरेकाे कार्यक्रममा चुडामणि गाैतम, छायादत्त न्याैपाने, ध्रुव मधिकर्मी, नारायण भण्डारी, निर्मल पराजुली, विजयध्वज थापा, प्रतीक घिमिरे, रूद्र अधिकारी, ललिता दाेषी लगायत सयाैं स्रष्टा शुभेच्छुककाे उपस्थिति रहेकाे थियाे।   

प्रकाशित: १३ भाद्र २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App