२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

विष्णु माझीले ल्याइन् ‘आइनँ आमा’

विष्णु माझीका गीतविना धेरैलाई तीज खल्लोजस्तै लाग्छ। तीज नजिकिएसँगै उनका फ्यान गीतको पर्खाइमा हुन्छन्। विष्णुले यस वर्ष पनि दर्शक तथा श्रोतालाई निराश हुन दिइनन्।

यस वर्ष पनि दर्जनौं तीज गीत सार्वजनिक भए, यद्यपि ती गीतले विगतमा जस्तो चर्चा पाएनन्। बरू कतिपय गीतको आलोचना भयो। यस्तोमा लोक–संगीतप्रेमी श्रोता–दर्शकको जिज्ञासा थियो। विष्णु माझीको गीत कहिले आउँछ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।

एकै झल्को देख्न मन छ

तिम्रो आँगन टेक्न मन छ

आइनँ आमा ओ यो तीजैमा

उनको स्वर समावेश तीज गीत ‘पुतलीको भट्टी’ भाग २० अन्तर्गत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको छ। सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।

प्रकाशित: ८ भाद्र २०८१ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App