२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पोखराको ३ सय ८९ रोपनी अतिक्रमित जग्गा सरकारको नाममा दर्ता

कास्कीको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ।

जिल्लाको मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गा सरकारको नाममा दर्ता गरेका हुन्।

गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले दुबै कार्यालयलाई जग्गा सरकारको नाममा दर्ता गराउन निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत कार्यालउका प्रमुख रामचन्द्र अधिकारीले बताए।

उनका अनुसार व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनी रुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानविनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो ।

पोखरा वडा नं. १ मापी.एन. क्याम्पससँग साँधसिमाना जोडिएको २२२ रोपनी १२ आना२ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं. १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं. ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा,  कास्की धिताल वडा नं. ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं. ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको उनले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०८१ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App