४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

विश्व नेपाली साहित्य महासंघ ललितपुरको तेह्राैं शृङ्खला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको तेह्रौं श्रृङखला ललितपुर इमाडोलस्थित बोझेपोखरीमा प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवसको आतिथ्यमा साहित्यिक भेटघाटसँगै कविता वाचन गरियो।

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाले इजरायलबाट आएकी विश्व नेपाली साहित्य महासंघका केन्द्रीय महासचिव सुनिता राई कदङ्वालाई रुद्राक्ष र फूलमालाले स्वागत गरिएकाे थियाे।

साहित्यकार सुनिताले आफूलाई यसरी स्वागत गरेकोमा उत्साही र खुशी भएको बताइन्। विश्व नेपाली साहित्य महासंघको आगामी योजनाको जानकारी गराउँदै दशैं र तिहार पर्वको बीचमा कार्तिकमा विश्व सम्मेलन काठमाडौंमा हुने  उनले जानकारी गराउँदै कविता वाचन गरेकी थिइन्।

विश्वकवि तुलसी दिवसले आफू आज यस कार्यक्रममा नआउने कि भन्दा भन्दै पनि कार्यक्रमका आयोजकहरूको साहित्यप्रतिको मायाले डोर्‍याएर आइपुगे भनेका थिए।

यसो हुनुको कारण विनेसामको साहित्यप्रतिको लगाव र झुकाव हो। साहित्यले पनि घर, गाडीमोटरको मालिक बनाउँदो रहेछ भन्ने उदाहरण आफू नै भएको थप्दै साहित्यमा इमानदार भएर लाग्नेले सबै साहित्यकारको माया र पाउन सकिने बताए। कार्यक्रममा उनले एउटा कविता पनि वाचन गरेका थिए।

ललितपुर शाखाकी महासचिव सुधा मिश्रले चलाएकाे कार्यक्रममा मिश्रले यो श्रावण महिना हरियालीको महिना हो र अहिले मधेसमा विशेष पर्व मधुश्रावणी मनाइँदै गरेकाले सबैलाई शुभ श्रावण र शुभ मधुश्रावणीको शुभकामना दिंदै मैथिली भाषामा कविता वाचन गरेकी थिइन्।

शिखर कवि शैलेन्द्र साकारले कवि सुनिता राईको पुस्तकको नामले नै उनीभित्र भाषिक ज्ञान रहेको छ भन्दै कविता वाचन गरेका थिए।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष कवि मणिराज सिंहले विनेसाम ललितपुरका साथै विनेसाम केन्द्रले पनि भर्चुवली राम्रा र प्रशंसनीय कार्यक्रम गरिरहेकाले आगामी दिनमा पनि यसरी उत्साही भएर अगाडि बढदै जानेछ भन्ने शुभकामना दिंदै महासचिव सुनितालाई काठमाडौंमा स्वागतम् छ भन्दै विनेसामले दशैं र तिहारको बीचमा हुने विश्व सम्मेलनको उत्सुकतासाथ प्रतीक्षारतझैँ भने।

कवि कृष्ण प्रधानले आफू बैंकर, कवि, समाजसेवी तथा समालोचक पहिचान हुँदा हुँदै पनि आफूलाई कसैले कवि भएर चिनाउँदा गर्व र खुशी लाग्दछ भन्दै कविता वाचन गरेका थिए।

कार्यक्रममा रामनाथ अधिकारी संगी, श्याम श्रेष्ठ, श्रीराम पाण्डे, सृजना सरोवर, राजेशमान केसी, राजाराम राउत, प्रगतिशील लेखक संघ ललितपुरका अध्यक्ष नानीमैयाँ अधिकारीले पनि आआफ्नो कविता वाचन गरेका थिए।

कवि चन्द्रमणि प्रसाईले मन्तव्यसहित शुभकामना  व्यक्त गरेका थिए।

विश्व नेपाली साहित्य महासंघ ललितपुरका अध्यक्ष नीता श्रेष्ठले उपस्थित सबैमा सम्मान प्रकट गर्दै केन्द्रीय महासचिव सुनिता राईलाई स्वागत गर्दै आफ्नो मन्तव्यसहित कविता वाचन गरेर कार्यक्रम समापन गरेकी थिइन्।

प्रकाशित: १४ श्रावण २०८१ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App