१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सामाजिकशास्त्र सङ्गोष्ठीका लागि प्रज्ञाप्रतिष्ठानले छान्याे लेख

नेपाल प्रज्ञाप्रतिष्ठानको सामाजिकशास्त्र विभागले नेपाली समाजमा विद्यमान विविध ज्ञान र आयामबारे बहस निर्माण गर्ने ध्येयले सामाजिकशास्त्रका विभिन्न विषयमा प्राज्ञिक प्रवचन, गोष्ठी, विचारविमर्श र सम्मेलन गराउँदै आएको थियो।

प्रज्ञाप्रतिष्ठानले यसै उद्देश्यअनुरूप आउँदाे जेठ १६ र १७ गते  सामाजिकशास्त्र वार्षिक स‌ङ्गोष्ठीको आयोजना गर्दै छ। यसका लागि गत चैतमा नै ‘राजनीतिक परिवर्तन र नेपाली समाज ’विषयक सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभाव लगायत विभिन्न विषयका १३ लेखरचना आह्वान गरिएको थियो। विभिन्न विषयका  ५८ लेखमध्ये प्राज्ञिक मूल्याङ्‌कन समितिको जेठ २ गते बसेको बैठकबाट अनुसन्धानात्मक २२ लेख छनोट गरिएको थियो।

यसैगरी प्राप्त लेखमध्ये प्राडा दीपबहादुर अधिकारीको नेपाली समाज र जनस्वास्थ्य, कुमार यात्रु र टासी लामाको आदिवासी ह्याल्मोको प्रथाजन्य स्वशासन पद्धति, डा. सोमबहादुर धिमालको नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य, तुलसी सापकोटाको नेपालमा कोरोना महामारी कालमा सञ्चारसंस्थाको पत्रकारमैत्री रणनीतिको सामाजिकशास्त्रीय अध्ययन, भोजविक्रम बुढामगरको नेपाली राजनीतिमा मगर जातिको समावेशीकरणको अवस्था, कृष्णकुमार शाहको मधेस प्रदेशको राजनीतिमा सीमान्तकृत दलित, दामोदर न्यौपानेको योग र प्राकृतिक चिकित्सा रहेका छन्।

त्यस्तै गौरी तमूको ‘तमू’ को राजनीति परिवर्तन जनजातिका पहिचानका आधारहरू, मकरबहादुर सार्कीको सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सन्तोष चोङवाङ लिम्बूको सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता, 

गङ्गा पुनको इन्टरप्राइज आइडेन्टिफिकेसन एण्ड निड्स् एसेसमेन्ट: अन द राेल्पा मगर रिजन, डा. पुनम आर एल रानाको नेक्सस बिटविन द वैदिक म्यारिज सिस्टम एण्ड द ट्रान्जिसन इन द सनातन नेशन अफ काठमाडाैं रहेका छन्।

त्यस्तै डा. शशी थापा पण्डितको थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर, डा. श्यामु थापा मगरको रिभिजिटि इन्डिजिनस इथिक आइडेन्टिफाइ मुभमेन्ट इन द कन्टेक्स्ट अफ द पाेलिटिकल चेन्ज इन् नेपाल, डा. सुरेशकुमार ढकालको समावेशी लोकतन्त्र र सांस्कृतिक राजनीतिक पश्चिम नेपालका थारूहरूको पहिचानसहितको समावेशिताको अभ्यास, डा. देवी पौडेलको नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू र हिक्मतबहादुर खत्रीको सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन रहेका छन्।

त्यस्तै केशव पुडासैनी विमलको नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न, डा. विष्णुराज उप्रेतीको द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, योगी दयानाथको नाथ सम्प्रदाय र नेपाली समाज, हरि रोकाको विकास र समाज, केशवराज सिलवालको रिसर्च नेपालिज साेसाइटिज थ्रु रिसाइडेन्टल रिलाेकेशन एण्ड इट्स साेसल इफेक्ट र धर्मेश पोखरेलको नेपाली जनयुद्धको सौन्दर्य शीर्षकका लेखहरू प्राज्ञिक मूल्याङ्कन समितिले छनौट गरेको थियो।

यसबारे प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०८१ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App