१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

स्रष्टा मञ्जु हाडाद्वारा स्थापित पुरस्कार प्रदान

स्रष्टा मञ्जु हाडा निरौलाद्धारा आफ्ना मातापिताको नाममा स्थापित आशागोपाल भुवनेश्वरी हाडा स्मृति पुरस्कार एक समारोहका बीच प्रदान गरिएकाे छ। सिर्जना अभियान समाजको आयोजनामा भएको सो समारोहमा पद्म माध्यमिक विद्यालयका जेहेनदार छात्र सज्जन न्हेम्हाफुकीलाई सभाध्यक्ष धनमान श्रेष्ठले प्रमाणपत्र र स्रष्टा हाडाले नगद राशि दस हजार एक प्रदान गरेका थिए।

समारोहमा बोल्दै कथाकार ध्रुव मधिकर्मीले यस प्रकारको सामाजिक कार्यले सिर्जनात्मक संस्थाको परिचयलाई अझ फैलाउन मद्दत पुग्ने बताए।

पुरस्कारका दाता हाडाले आमाबुबाको स्मृतिलाई जीवन्त राख्न पुरस्कारको व्यवस्था गरेको बताइन्।

विद्यालयका प्रधानाध्यापक राम हाडाले आमाबाबुको स्मृतिमा गरिने पुनित कार्यको सम्मान गर्नुपर्छ भन्दै यसले अध्ययन र अध्यापन कार्यको जीत भएको विचार व्यक्त गरे।

दीक्षा हाडा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेश हाडाले यस्ता कार्यबाट शोकलाई शक्तिमा रूपान्तरण गर्न मद्धत पुग्ने बताए। कार्यक्रममा महिमा हाडा, मिमला शर्मा र पुरस्कृत छात्रले पनि बोलेका थिए।

कार्यक्रममा ध्रुवनारायण जोन्छे, सुरेन्द्रलाल भुजू, लक्ष्मी वैद्य, शमशेरबहादुर न्हुछे प्रधान, उत्तम मल्ल, अल्बर्ट बज्राचार्य मधुसुदन हाडा, हेमा शर्मा लगायत हाढा परिवार र छात्रछात्राहरूको उपस्थिति रहेकाे थियो।

प्रकाशित: १ जेष्ठ २०८१ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App