१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

हजारौं मान्छेहरूमा चिनेको एउटा थिएन!

मुक्तक

१) मुक्तक

हजारौं मान्छेहरूमा चिनेको एउटा थिएन,

निस्वार्थ थियो माया कुनै सम्झौता थिएन।

माग्नेले मागिरहें पाउनलाई केही पाएनन,

मन्दिर त थियो त्यहाँ दिने देउता थिएन।

२) मुक्तक

इच्छा भएर के गर्नु? मन मार्नुपरेको छ,

जसलाई जितियो उसैसँग हार्नुपरेको छ।

के हो सही सत्य थाहा नभएको कहाँ हो र,

तर विवशता मन मारेर स्वीकार्नुपरेको छ।

३) मुक्तक

जोगाउन नसके कमाएको के काम,

भित्र जलेर बाहिर रमाएको के काम।

छायाँ जस्तो साथ खोजेको हो मैले,

झीरजडित हातले समाएको के काम।

४) मुक्तक

मन लागेका सबै लेख्‍न सकिए,

चाहेका कुरा मात्रै देख्‍न सकिए।

क्या बबाल हुन्थ्यो जिन्दगी यार,

सारा बाधा-अड्चन छेक्न सकिए।

५) मुक्तक

भेट्न त मन छ पटक्कै जुर्दैन के गर्नु,

लेख्‍न नि खोज्दैछु फुर्दै फुर्दैन के गर्नु।

पछ्याउन,अठ्याउन सक्दै नसकिने,

कति बलवान् हो समय कुर्दैन के गर्नु।

प्रकाशित: २८ वैशाख २०८१ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App