२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बिस्का जात्रा दोस्रो दिन पनि जारी

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि सुरुवात गरिने आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्रा दोस्रो दिन पनि जारी रहेको छ। जात्रा मंगलबार शान्तिपूर्ण रुपमा सम्पन्न भयो। अत्यधिक भीडभाडका कारण झैझगडा हुने यो जात्रा यसपटक शौहार्दपूर्ण रुपमा सकिएको हो।

प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे भैरवनाथको रथ दत्तात्रय पुर्‍याइएको थियो। जात्रालुले रातभरि रथ तानिरहे। बिहान ३ बजे रथलाई सुकुलढोकामा पु¥याइएको थियो।  बुधबार बिहान रथलाई गःहिटीमा पु¥याइएको सुरक्षाकर्मीले बताए।

रथ गःहिटीमै रहेको छ। भैरवनाथको रथको बीचको काठ भाँच्एिका कारण तत्काल रथ तानेर लैजान नसकिने अवस्थामा छ। 

काठैकाठबाट बनेको रथलाई गःहिटीको पूर्व कुनामा राखेर पहिलो दिनको जात्रा सम्पन्न गर्ने परम्परा छ। तर रथ गःहिटीको मुख्य बजारमै छ।

गुठी संस्थान भक्तपुरले रथ बनाउने कार्य जारी राखेको छ। बनेपछि रथलाई तानेर गःहिटीको पूर्व कुनामा राखिने छ।

प्रकाशित: २८ चैत्र २०८० १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App