१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको जाहेरी दर्ता

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३/४ दिन दिन अघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।

उनले हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको पनि बताए।

प्रकाशित: २३ चैत्र २०८० १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App