२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

संस्कृति जगेर्नाका लागि ‘होली’

संस्कृति जगेर्नाका लागि ‘होली लामो समयदेखि ग्रामीण भेगमा कम्प्युटर शिक्षा प्रदान गर्दै आएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ मा रहेको भुमिराज कम्प्युटर ईन्स्च्युटले होली पर्व खेलेको छ।

‘संस्कृति जोगाऔं,विकृति हटाउ’ भन्ने मुल नाराका साथ भुमिराज कम्प्युटर ईन्स्च्युटले होली पर्व खेलेको हो। पहाडी जिल्ला बैतडी,दार्चुला,डडेलधुरा,बझाङ र बाजुराबाट पढ्न आउने विद्यार्थीलाई तराई जिल्लाका विभिन्न ठाउँको अवलोकन गराउने र कम्प्युटर शिक्षामा अवसर प्रदान गर्ने उद्धेश्यले होली खेलिएको ईन्स्च्युटका सञ्चालक दुर्योधन कुँवरले बताए।

ईन्स्च्युटले आफ्ना शाखाहरू अहिले कञ्चनपुरको विभिन्न ठाउँ कालागौडी,पिपलाडी र लालझाडीमा विस्तार गरेको छ। ईन्स्च्युटले सस्तोमा गुणस्तरीय कम्प्युटर शिक्षा आफ्नै घर दैलोमा पुगाएपछि त्यहाँका विद्यार्थी र अभिभावक खुसी भएका छन्।

बालबालिकाको सर्वाङ्गीण विकास होस् भन्ने हेतुले ईन्स्च्युटले बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। गरीब र असहायहरुको समेत कम्प्युटरमा पहुँच पुर्‍याउन निकै भुमिका खेलेको समाजसेवी प्रकाश जि पि चिन्तनले बताए।

पछिल्लो समयमा होली जस्ता पर्वहरूमा युवापिडिले जाँड रक्सी पिएर,भाङ चरेस लगायत नसा सेवन गरेर मनाउने गलत मान्यता छ,त्यो भयानक रोग अबको युवा पुस्तामा सर्न नदिन र अहिलेका बालबालिकाहरूलाई कुलतबाट जोगाउन होली मार्फत ठाउँठाउँमा सचेतनामुलक कार्यक्रम गरिएको उनले बताए।

समाजमा विद्यमान सामाजिक समस्या तथा विकृति बालविवाह,दाइजो प्रथा,जातीय विभेद विरुद्ध सचेतनामुलक सन्देश दिने होली गीतका साथै मौलिक होली खेलिएको छ। होली खेलेर प्राप्त भएको रकमबाट बालबालिकाको चौतर्फी विकास गर्ने उद्धेश्यका साथ विभिन्न ठाउँमा शैक्षिक भ्रमण गराउने सञ्चालक कुँवरले बताए।

ईन्स्टिच्युटले होली कार्यक्रमबाट प्राप्त भएको ५० प्रतिशत अपाङ्ग,तथा विभिन्न रोगबाट ग्रसित परिवार,र समाजमा हुन लागेका समाजलाई भलो हुने कार्यमा सहयोग गर्ने बताइएको छ। इन्स्च्युटले हरेक वर्ष होली,देउसी भैलो खेल्दै आएको छ। होली पर्वलाई रङ्गहरूको पर्वका रूपमा मनाइने गरिन्छ।

प्रकाशित: १७ चैत्र २०८० ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App