१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन्।

आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी हुनुहुन्छ।’

प्रधानमन्त्रीले भने, ‘प्रा.डा. सुवेदीले नेपालको संविधान निर्माण र नेपालले विगतमा विश्वका विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारेमा सहयोग मागेको थिएँ। उहाँले त्यसमा सहयोग गर्नुभयो। पछिल्लो एमसिसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले लागु पनि गर्‍यौँ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोकार्पण कार्यक्रममा प्रा.डा. सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा चर्चा गरेका थिए। –रासस

प्रकाशित: ३ चैत्र २०८० १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App