९ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:३९ अपराह्न
कला

दयाहाङमाथि चौधरीको ठट्टा: मेराे एक वर्षकाे कमाइ तपाईंकाे एउटै फिल्ममा हुन्छ जस्तो छ !

नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

फिल्म ‘डिग्री माइला’ ले केही अगाडि सार्वजनिक गरेको टिजरमा अभिनेता दयाहाङ राईको एउटा संवादमा सिजी ग्रुपले ४ लाखको अफर गर्दा पनि आफूले काम नगरेको भन्ने छ। उक्त संवाद प्रति सिजी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ, त दयाहाङजी,  हैट !’ उनले आफ्नो वार्षिक कमाइभन्दा धेरै दयाहाङले यही फिल्मबाट कमाउने बताएका हुन्। उनले यो पोस्ट अभिनेता दयाहाङलाई समेत ट्याग गरेका छन्।

‘डिग्री माइला’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने फिल्म हो। फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, अनिल सुब्बा, पशुपति राई, हिउँवाला गौतम, शेखर चापागाईँ लगायतको अभिनय छ। शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशा फिल्मको कथा हो।  

प्रकाशित: १८ फाल्गुन २०८० १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App