२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

तस्बिर:नागरिक

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी माघ ११ देखि सुरु भएको हो।

प्रदर्शनी हिमचुली एसोसिएसन तथा नेपाल–स्विस चेम्बर अफ कमर्सको आयोजनामा भएकाे हाे। प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एक्रेलिक तथा तैल रङद्वारा सिर्जित १९ चित्र राखिएका छन्। यसका साथै उस्टर र जुरिकमा नेपाली कलाका बारेमा कार्यपत्र प्रस्तुत तथा कार्यशाला सञ्चालन गर्ने कार्यक्रमसमेत रहेको  कलाकार आचार्यले बताए।

कोरोना महामारीको समयमा आफूले गाउँमा बसेर सिर्जना गरेको कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरिएको उनले बताए। एनका अनुसार चित्रकला बिक्रीबाट प्राप्त रकम नेपालमा अपांगता तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा खर्च गरिने छ।

प्रकाशित: १८ माघ २०८० ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App