१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजले प्रदान गर्‍याे प्रसिद्ध कँडेल सष्टा सम्मान

नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन युवाकवि देवु लुइँटेललाई प्रसिद्ध कँडेल स्रष्टा सम्मान प्रदान गरियो।

शङ्खमुलस्थित अवेर्नेस इन्टरनेशल एकेडेमीमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले प्रदान गरेका थिए। साहित्यकार चेतनाथ कणेल हरित र सीता कणेल आफ्नो छोराको स्मृतिमा स्थापना गरेको सम्मानको राशि ११,१११।- रुपैयाँ रहेको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभा अध्यक्षतामा भएको उक्त समारोहमा डा. शान्तिमाया गिरी, समाजका संरक्षक पवन आलोक, पूर्व अध्यक्ष तथा सल्लाहकार विधान आचार्य, चन्द्रप्रसाद भट्टराई, विद्यालयका प्रबन्ध निर्देशक विष्णुप्रसाद अर्याल, चेतनाथ कणेल र माधव विडारीले मन्तव्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा कविहरू विधान आचार्य, गोकुल अधिकारी, राधिका गुरागाई, प्राडा गोविन्दमानसिंह कार्की, महेश पौडेल, अनुपम रोशी, सुषमा अँशु र सम्मानित कवि देवु लुइँटेलले कविता वाचन गरेका थिए।

नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसको अवसरमा तेस्रो दिन पुस १५ गते दिउँसो २ बजे प्राडा माधव पोखरेल प्रमुख आतिथ्यमा निबन्ध गोष्ठी हुँदैछ।

पुस १६ गते प्राडा अभि सुवेदीकाे प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा दिउँसो १ बजेदेखि कार्यक्रम हुने भएकाे छ।

उक्त दिन सत्रौं वार्षिक सभा तथा २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई प्रदान गरिंदै छ।

नियमित कार्यक्रम अन्तर्गत पाँचाै दिन पुस १७ गते दिउँसो १२.३० बजेदेखि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्रेस काउन्सिल नेपालको सभाकक्षमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी हुने भएकाे छ।

त्यस्तै छैटाैं दिन पुस १८ गते दिउँसाे १ बजेदेखि बाैद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्थीहरूकाे अन्तर्क्रिया हुने भएकाे छ।

पुस १९ गते वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख अतिथ्यमा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समीक्षासहित नेपाल सष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन हुँदै छ। 

प्रकाशित: १५ पुस २०८० ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App