२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

राइजिङ स्टार्स महिला एसिया कप फ्रेबअरी १३ देखि

राइजिङ स्टार्स महिला एसिया कप आगामी फ्रेबअरी १३ मा सुरु हुने भएको छ।  

सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सो प्रतियोगिता फ्रेबअरी १३ देखि २२ सम्म हुने जानकारी दिएको छ। प्रतियोगिता थाइल्यान्डको बैंककमा आयोजना हुनेछ।  

उक्त प्रतियोगितामा कूल ८ टोलीले सहभागिता जनाउने छन्। जहाँ भारत 'ए' टोली, पाकिस्तान 'ए' टोली, बंगालदेश 'ए' टोली र श्रींलका 'ए' टोली रहेका छन्। त्यस्तै, प्रतियोगितामा नेपाल, संयुक्त अरब इमिरेटस (यूएई) मलेसिया र थाइल्यान्ड रहेका छन्।  

प्रतियोगिताको पहिलो दिन २ खेल हुनेछ जहाँ नेपालले पाकिस्तान'ए' र भारत'ए'ले मलेसियाको सामना गर्ने छ। प्रतियोगिता टी-२० फम्यार्टमा आयोजना हुनेछ।  

यस्तो छ खेल तालिका:

प्रकाशित: ५ माघ २०८२ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App