२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

अर्घाखाँची: रास्वपाले समानुपातिकमा प्रत्यक्षभन्दा बढी मत पायो

अर्घाखाँचीमा समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ। रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो।

दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१,  नेपाली कम्युनिस्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए।

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपातिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो। जसमा  दुई हजार ५७८ मत बदर भएका छन्। ८६ हजार १५५ मत सदर भएका थिए। रासस

प्रकाशित: २५ फाल्गुन २०८२ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App