११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

विपद्‌बाट चार दिनमा १५ जनाको मृ’त्यु, एक हजार २८४ जनाको उद्धार

देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्‌बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ।

विपद्‌मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ।

अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए। 

प्रकाशित: ११ आश्विन २०८३ १८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App