५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायको थप आठ अनौठा सिर्जना सार्वजनिक

क्याप्शन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।

कीर्तिमानी डा. उपाध्यायले काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गरेका हुन्।

गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यमा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो।

सार्वजनिक गरिएका सिर्जनामा २४/३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्यूजिक एण्ड क्रियसनको १२/८ को मोज्याक लोगो, चेसबोर्डमा २ सय गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन्।

यस्तै विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा हावाले बज्ने वाद्ययन्त्रहरूको गीति कविता र विश्वका प्रसिद्ध एनिमेटेड फिल्मको नाम लेखिएको गीति कविता रहेका छन्। आफ्नो केही अनौठा काम गर्ने सिलसिलामा यी सिर्जनाको जन्म भएको डा. उपाध्यायले बताए।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान राखेका छन्। यस्तै उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्। कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासाको उत्तर दिंदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका थिए।

प्रकाशित: १४ पुस २०८० ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App