२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान देवुलाई

नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कंडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार देवु लुइँटेललाई प्रदान गर्ने भएको छ।

समाजका उपाध्यक्ष चेतनाथ कडेल हरित र सीता भण्डारी कडेलले आफ्नो छोराको नाममा स्थापना गरेको उक्त सम्मानको नगद राशि रु ११,१११।-सहित रहेको छ। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसका दिन प्रदान गरिने छ।

यस सम्मानबाट हालसम्म कविहरू रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानित भइसकेका छन्।

प्रकाशित: ३ पुस २०८० ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App